यस्तो एकछापे चुनाव किन गरिरहने ?

यस्तो एकछापे चुनाव किन गरिरहने ?

वैशाख ३० गते मतदानको दिन बबाल मच्चिएको एउटा पालिकामा ठूला दलका उम्मेदवारले मैदान खाली गरेर हिंड्दा १० भोट पनि ल्याउन सकेनन् । दोलखाको बैत्येश्वर गाउँपालिकामा एमाले र माओवादी केन्द्रका उम्मेदवारले ल्याएको मतले त्यहि अवस्था देखाएको छ ।

राप्रपा उम्मेदवारले कम्तिमा ६० भोट कटाउँदा शुक्रे लामाहरुले हातहतियारसहित बुथ कब्जा गर्दा पालिकाको सबैजसो मत नेपाली काँग्रेसका उम्मेदवारको पक्षमा गएको छ ।

पालिका अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार भीमबहादुर तामाङले १९१९ मत ल्याउँदा राप्रपाका उम्मेदवार कृष्णबहादुर पाख्रिन उनका निकटतम प्रतिस्पर्धी भएका हुन् । राप्रपाले जम्मा ६१ मत पाएको छ । तेस्रोमा माओवादी केन्द्रका उम्मेदवार धनबहादुर घिसिङले सात र एमालेका सविन तामाङले छ मत पाएका छन् ।

ठूला दलका उम्मेदवारकै एक अंकमा मत आउने र जित्नेले १९ सय ल्याउने अवस्थाले चुनावको औचित्य प्रमाणित हुन सकेको छैन । त्यसको लागि राज्यकोषबाट हुने खर्च,कर्मचारी र समयको बर्बादी किन गर्ने ? सबैको सहमतिमा निर्विरोध छनौट प्रक्रिया अवलम्बन गरे कसो होला ? भन्ने प्रश्न उठेको छ ।

टिप्पणीहरू