पुराना बलात्कारी फेला परे, कारवाही गर्ने गृहको वचन

पुराना बलात्कारी फेला परे, कारवाही गर्ने गृहको वचन

आठ वर्षअघि सुन्दरी प्रतियोगिताको क्रममा एक जना किशोरीलाई बलात्कार गरेको आरोप लागेका मनोज पाण्डे फेला परेका छन् । प्रहरीले उनलाई केही बेरअघि स्वयम्भू क्षेत्रबाट समातेको हो ।

अर्घाखाँची घर भएका पाण्डे नेविसंघ र नेपाली काँग्रेससँग आवद्ध रहेको बुझिएको छ । बलात्कार जस्तो जघन्य अपराधमा मुछिएका जो कोहीमाथि गहिरो छानबिन गर्नुपर्ने आवाज सडकमा लाग्न थालेको छ ।

हिजै नेपाल प्रहरीका प्रवक्ताले जारी गरेको विज्ञप्तिमा दोषीमाथि कानुनी कारवाही हुने बताएका थिए । आज गृह मन्त्रालयका प्रवक्ताले जारी गरेको विज्ञप्तिमा पनि दोषीमाथि हदैसम्मको कारवाही गर्न नेपाल सरकार प्रतिबद्ध रहेको उल्लेख गरिएको छ ।

गृह मन्त्रालयले उक्त घटनाको छानबिन गर्न वरिष्ठ प्रहरी उपरीक्षक वसन्त कुँवरको संयोजकत्वमा उपरीक्षक कृष्ण कोइराला,नायव उपरीक्षक कोपिला चुडाल,नायव उपरीक्षक हरि बस्नेत र प्रहरी निरीक्षक सपना खड्कासमेत रहेको कमिटी गठन गरिएको र उक्त समितिले हिजोदेखि कार्य थालनी गरेको समेत जानकारी गराइएको छ । सरकार र गृह मन्त्रालय आफ्नो पार्टीको नेतृत्वमा चलेको बेला राजनैतिक आवध्दताको आधारमा दोषी उम्कन नपाउन् भन्ने जनअपेक्षा रहेको पाइन्छ ।

टिप्पणीहरू