काठमाडौंमा केशव स्थापित र सिर्जना सिंहबीच दुई र तीनको प्रतिस्पर्धा

काठमाडौंमा केशव स्थापित र सिर्जना सिंहबीच दुई र तीनको प्रतिस्पर्धा

काठमाडौं महानगरपालिकाको पछिल्लो परिणाम प्राप्त भएको छ । जसअनुसार मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले झण्डै १६ हजार मतले अग्रता कायम राखेका छन् ।

एमालेका केशव स्थापित र काँग्रेसकी सिर्जना सिंहबीच १८२ भोटको अन्तर देखिएको छ । स्थापितले १९ हजार ६९३ मत पाउँदा सिर्जनाले १९ हजार ५११ मत ल्याएकी छन् । राप्रपा उम्मेदवारले तीन हजार ६३ मत पाएका छन् ।

उपमेयरमा एमालेकी सुुनिता डंगोलले ३६ हजार १०८ मत पाउँदा नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ११ हजार ९६६ मत पाएका छन् । राप्रपा उम्मेदवारले सात हजार ५६१ मत ल्याएकी छन् ।

यो संख्या ९९ हजार १८ मतगणनापछिको अवस्था हो ।

टिप्पणीहरू