सुन्दरी बलात्कारको छानबिन ‘आँखामा छारो हाल्न’ मा सिमित हुने खतरा

सुन्दरी बलात्कारको छानबिन ‘आँखामा छारो हाल्न’ मा सिमित हुने खतरा

आठ वर्षअघि राजधानीको पाँच तारे होटल एभरेष्टमा सेटिङमा भएको सुन्दरी बलात्कारको घटनाले उग्र रुप लिन थालेको छ । पुराना र आमा सुन्दरीहरु पनि पक्ष र विपक्षमा बाँडिएका छन् । कतिपय सेलिब्रेटीले पीडित युुवतीलाई न्याय दिनुपर्ने आवाज उठाएका छन् ।

तीन दिनदेखि राजधानीका सडक र सामाजिक सञ्जालमा एभरेष्ट होटलको कोठामा भएको बलात्कारमा संलग्न मनोज पाण्डे र मतियारलाई कारवाही गर्न उनीहरुले माग गरेका हुन् ।

हिजो साँझ अभियुक्त भनिएका पाण्डे राजधानीको स्वयम्भू क्षेत्रबाट समातिएका छन् । झण्डै एक दशकअघिको उक्त घटनाताका उनीहरुबीच छ महिनादेखि आठ महिनासम्म राम्रै सम्बध रहेको पनि प्रहरी स्रोतले बताएको छ ।

रिलेसनसिप भए पनि त्यस्तो हर्कत गर्नुले किशोरीको शरिरलाई खेलौनाको रुपमा लिएको प्रष्ट भएको छ । त्यसैको प्रतिक्रियास्वरुप अहिले समाजमा चर्चा र आक्रोश पैदा हुनु स्वाभाविक भएको पनि प्रहरी र समाजशास्त्रीहरुको भनाइ छ ।

बलात्कारको आरोप लागेका पाण्डे काँग्रेस आवद्ध हुन् । अर्घाखाँचीका पाण्डे मुछिएको उक्त घटनालाई केही काँग्रेसीहरु तत्काल सामसुम पार्न लागि परेको देखिन आएको हो । तर सडकमा चर्को आवाज उठिसकेकाले मत्थर पार्न प्रहरीको अपराध अनुसन्धान महाशाखाका एसएसपी वसन्त कुँवरको संयोजकत्वमा छानबिन कमिटी गठन गर्न प्रहरी बाध्य भएको बताइन्छ ।

उक्त कमिटीको बैठक हिजो प्रहरी हेडक्वार्टरमा बसेको थियो । तर, बैठकले खासै धेरै पक्षमा चर्चा नगरेको गृह मन्त्रालय स्रोतले बताएको छ । गृह मन्त्रालयले पनि दोषीलाई कारवाही गर्ने वचनसहित हिजै साँझ विज्ञप्ति निकालेको छ ।

मन्त्रालय स्रोतले आठ वर्षअघिको घटनामाहदम्याद लाग्ने भएकोले बलात्कारमा मुध्दा दर्ता हुन नसक्ने अनौपचारिक कुराकानीमा बताएको छ । बरु मनोजलाई तीन महिनासम्म प्रहरी हिरासतमा राखेर बयान लिने कार्य मात्र हुनसक्ने आकलन गरिएको हो । त्यसवीच विरोधको आवाज क्रमश: सेलाउँदै गएर मनोजले कुरा मिलाई अदालतबाट धरौटीमा छुट्नसक्ने आकलन गरिएको छ ।

अहिले माल्भिका सुब्बालगायतले सामाजिक सञ्जाल र मिडियाबाट जुन दबाब सिर्जना गराएका छन्, त्यसले प्रहरी प्रशासनलाई यस बिषयमा झट्ट केही बोलिहाल्न अप्ठेरो भएको हो । अधिकांश सुन्दरी र अभिनेत्रीहरुले सामाजिक सञ्जालमार्फत बिरोधको आवाज घन्काएकोले त्यसलाई मत्थर पार्न पनि कमिटी गठन गर्नुपरेको मन्त्रालयका अधिकारीहरु बताउँछन् । यी सबै परिदृश्यले, ‘केही गरेको देखाउनैका निम्ति अहिलेका विज्ञप्ति,प्रतिबद्धता र छानबिन कमिटी सतहमा आएको,’ एकाध विश्लेषकहरुको बुझाई छ ।

टिप्पणीहरू