१ लाख मत गन्दा पोखरामा धनराज ३२ सयले अगाडि
पोखरा महानगरपालिकामा मेयर उम्मेदवार धनराज आचार्य र उपमेयर उम्मेदवार मञ्जुदेवी गुरुङको अग्रता कायम छ । आचार्य नेकपा एकीकृत समाजवादी र गुरुङ नेकपा एमालेकी उम्मेदवार हुन् ।
आचार्यले एमाले उम्मेदवार कृष्ण थापालाई तीन हजार दुई सय ६० मतान्तरले पछि पारेका छन् । एक लाख एक हजार १२१ मत गणना हुँदा आचार्यले ४० हजार ४३४ भोट पाएका छन् भने थापाले ३७ हजार १७४ भोट बटुलेका छन् ।
यसैगरी प्रमुख पदमा राप्रपाका उम्मेदवार शंकर खरालले चार हजार ५८२ र स्वतन्त्र उम्मेदवार खडकराज पौडेल (गनेस) ले दुई हजार ६१३ मत पाएका छन् ।
उपमेयरमा एमालेकी गुरुङले काँग्रेसकी उम्मेदवार कोपिला रानाभाटभन्दा एक हजार ६१२ मत बढी पाएकी छन् । मञ्जुको ४२ हजार ३१६ र कोपिलाको ४० हजार ७०४ मत छ । राप्रपाकी रञ्जनाकुमारी सेन पौडेलको पक्षमा चार हजार ५०९ मत आएको छ ।
टिप्पणीहरू