एमालेले अरुसङ्ग गरेको तालमेल, धेरैतिर फेल

एमालेले अरुसङ्ग गरेको तालमेल, धेरैतिर फेल

तनहुँ, व्यास नगरपालिकाको प्रमुख पदमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् । काँग्रेसका वैकुण्ठनाथ न्यौपानेले बागी उम्मेदवार दीपकराज जोशीलाई हराएका हुन् ।

न्यौपानेले १२ हजार ७८ मत प्राप्त गरेका छन् भने दीपकले ११ हजार आठ सय २६ मतले ल्याएका छन् ।

न्यौपाने यसअघि पनि मेयर थिए । उपमेयरमा पनि नेपाली काँग्रेसकै इन्दिरा दरै विजयी भइन् । उनले १३ हजार चार सय ९८ मत पाएकी छन् । इन्दिराले एमालेकी बसुन्धरा घर्तीलाई हराएकी हुन् । घर्तीले १० हजार ४२ मत ल्याएकी छन् ।

१४ वटा वडामध्ये काँग्रेसले ११ र एमालेले तीन वटा वडा जितेको छ । जोशीलाई एमालेले समर्थन गरेको थियो । एमालेले यसचोटी गरेको तालमेल प्रायः सबैतिर फेल खाएको देखिएको छ,चाहे त्यो नेका बीपीसङ्ग डडेलधुरामा होस् या कमल थापाको राप्रपा नेपाल, बिप्लवसङ्ग रोल्पा, रुकुम, एकनाथ ढकालको परिवार दल या गोविन्दराज जोशीसङ्ग तनहुँमै किन नहोस् ।

टिप्पणीहरू