भीम रावललाई वडामै धोका

भीम रावललाई वडामै धोका

नेकपा एमालेमा बिद्रोही नेताको छवि बनाएका भीम रावलको गृहवडामा एमालेका बिद्रोही उम्मेदवारले वडाध्यक्ष जितेका छन् । पार्टीले टिकट नदिएपछि स्वतन्त्र उम्मेद्वारी दिएका मिनबहादुर बोहोराले एमालेका आधिकारिक उम्मेदवारलाई पराजित गर्दै वडाध्यक्ष जितेका हुन् ।

रावलको जन्मथलो अछामको साँफेबगर-६ भागेश्वरमा स्वतन्त्र उम्मेदवार बोहोरा र एमालेका आधिकारिक उम्मेदवार दुधकला विष्टले बराबर भोट ल्याएपछि गोलाप्रथाबाट हारजितको छिनोफानो गरिएको हो । दुवै उम्मेदवारले २ सय २६ मत ल्याएका थिए।

मत बराबर भएपछि पुन: मतदान गर्नुपर्ने भन्दै मत गणनास्थलमा केहीबेर तनावसमेत भएको थियो । अन्तत दुवै पक्ष गोलाप्रथामा जान सहमत भएका थिए।

टिप्पणीहरू