गोलाबारुद पड्किरहँदा पनि पुटिनसँग मात्रै बस्ने जेलेन्स्किको अडान
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफू रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग मात्र युद्ध अन्त्यको निम्ति वार्ताको टेबलमा बस्ने बताएका छन् । जेलेन्स्कीले स्वीट््जरल्याण्डको डाभोसमा भएको विश्व आर्थिक मञ्चलाई सम्बोधन गर्दै आफू राष्ट्रपति पुटिनसँग मात्र वार्तामा बस्ने अडानमा रहेको उल्लेख गरेका हुन् ।
उनले भने, ‘रुसले आक्रमण रोकेको छैन, युद्धका कारण कुनै पनि किसिमको वार्ता अघि बढ्न सकेको छैन । वार्ता गर्नुको विकल्प छैन ।’
जेलेन्स्किले अगाडि उल्लेख गरे, ’रुसका राष्ट्रपतिले नै हरेक युद्धको निर्णय गर्छन् । यदि हामी पुटिनसँगको वार्ताविना युद्ध समाप्त गर्ने कुरा गरिरहेका छौं भने यसले कुनै सफलता पाउन सक्दैन ।’ युक्रेनी राष्ट्रपतिले पुटिन बाहेक रुसी महासंघका कुनै पनि पदाधिकारीसँग वार्ता गरेर परिणाम ननिस्कने पनि उल्लेख गरेका छन् ।
बीबीसका अनुसार युद्ध रोक्ने बाहेक अरु विषयमा वार्ता गर्नुको कुनै औचित्य नरहेको पनि जेलेन्स्किले बताए ।
टिप्पणीहरू