फास्ट ट्रयाकमा तलमाथि नहुने

फास्ट ट्रयाकमा तलमाथि नहुने

सरकारले तराई मधेश–काठमाडौं फास्ट ट्रयाक समयमै सक्ने गरी काम अघि बढाउने भएको छ ।

संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले समयमै फास्ट ट्रयाकको काम सक्नेगरी कार्य अघि बढाइने बताउनुभएको हो ।

सरकारले २०८१ सालभित्र फास्ट ट्रयाक निर्माण सम्पन्न गरिसक्ने लक्ष्य लिएको छ । जिल्ला सदरमुकाम जोड्ने सडकलाई चारलाइनमा विस्तार गर्ने गर्नेकुरा पनि नीति तथा कार्यक्रममा समेटिएको छ । त्यस्तै, काठमाडौंका सम्भाव्य स्थानमा फ्लाइओभर निर्माण गर्ने बताइएको छ ।

टिप्पणीहरू