काठमाडौं महानगरको १८ नम्बर वडामा पाँचै जना एमाले
काठमाडौं महानगरपालिका वडा नम्बर १८ को अन्तिम परिणाम आएको छ । वडाध्यक्षसहित सबै पाँचै जना नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।
एमालेका न्हुच्छेकाजी महर्जन १२ सय ९३ मत ल्याएर वडाध्यक्षमा विजयी भएका हुन् । अन्य सदस्यहरुमा एमालेका दलित महिला उम्मेदवार अम्बिका सुनार यसअघि नै निर्विरोध निर्वाचित भएका छन् ।

महिला सदस्यमा हेराशोभा डंगोल महर्जन (१३५१ मत), रचना शर्मा (११२८ मत) र पुरुष सदस्यमा हेम ज्योती शाक्य (१२२४ मत) निर्वाचित भएका छन्।
दोस्रो पटक वडाध्यक्ष पदमा न्हुच्छेकाजी महर्जन र महिला सदस्य पदमा हेराशोभा डंगोल महर्जन बिजयी भएको हो ।

टिप्पणीहरू