गुरुले आफ्नी छात्रामाथि यतिसम्म गरेछन् गड्बडी

गुरुले आफ्नी छात्रामाथि यतिसम्म गरेछन् गड्बडी

चावहिलस्थित सेन्ट लरेन्स स्कूलका छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा समातिएका शिक्षक जनार्दन अधिकारी नेकपा एमालेको कार्यकर्ता रहेको खुलेको छ ।

आरोपी शिक्षक अधिकारी एमाले नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाको विज्ञ सल्लाहाकारसमेत थिए । काभ्रेको भुम्लु गाउँपालिका घर भएका अधिकारीले बाँस्कोटा सूचना तथा सञ्चार मन्त्री भएका बखत मिडिया विश्लेषकको रुपमा नियुक्ति खाएका थिए ।

उनले चुनावी अभियानका क्रममा एमालेका विभिन्न सभाहरुमा भाषण गर्दैै हिँडेको तस्विर अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।

“ती विद्यार्थीलाई ‘मिनीस्कर्ट लगाको कस्तो सेक्सी देखिएको’ भन्दै म्यासेज पठाउने, ‘विल यु बि माई बेड पार्टनर’, ‘तिम्रो घर टाढा छ मेरो घरमै बस’ भन्ने गरेको आन्दोलनमा उत्रिएका विद्यार्थीहरु बताउँछन् ।”

स्कूलका कोअर्डिनेटर आरोपित अधिकारीले आफ्नै विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको भन्दै सेन्ट लरेन्स स्कूलमा अध्ययनरत विद्यार्थी हिजो आन्दोलनमा उत्रिएका थिए । कक्षा १२ मा पढ्ने विद्यार्थीहरुले गौशाला प्रहरी बिटअगाडि उनीविरुध्द प्रदर्शन गरेका हुन् ।

दुई महिनादेखि त्यहाँ पढ्ने एक छात्रालाई उनले यौन हिँसा गर्दै आएको विद्यार्थीहरुको आरोप छ । विद्यार्थीहरुका अनुसार शिक्षक अधिकारीले ती छात्रालाई आफूले भनेको नमाने कलेजबाट ‘रेस्टिकेट गरिदिन्छु’ भन्दै धम्की दिएर क्याफे रेष्टुरेन्टमा बोलाई यौन हिंसा गर्ने गरेका थिए ।

ती विद्यार्थीलाई ‘मिनीस्कर्ट लगाको कस्तो सेक्सी देखिएको’ भन्दै म्यासेज पठाउने, ‘विल यु बि माई बेड पार्टनर’, ‘तिम्रो घर टाढा छ मेरो घरमै बस’ भन्ने गरेको आन्दोलनमा उत्रिएका विद्यार्थीहरु बताउँछन् ।

टिप्पणीहरू