महाराजगञ्जमा सासु मरेपछि बुहारीले बाजी मारिन्

महाराजगञ्जमा सासु मरेपछि बुहारीले बाजी मारिन्

सासुको मृत्युपछि उनकै ठाउँमा उम्मेदवार बनेर बुहारी रिताकुमारी कुर्मीले चुनाव जितेकी छन् ।

कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा उपप्रमुखको टिकट पाएकी सासु शुभावती कुर्मीको निधनपछि नेपाली काँग्रेसले बुहारी रीता कुमारीलाई उम्मेदवार बनाएको थियो । उम्मेदवारको मृत्युले रोकिएको चुनाव जेठ ३ गते सम्पन्न भएको र परिणाम रिता कुमारीको पक्षमा आएको हो ।

उपप्रमुखका उम्मेदवार रिताकुमारीले ११ हजार १६७ मतसहित विजय भइन् भने प्रतिस्पर्धी एमालेकी भानमती यादवले सात हजार दुई सय मत पाइन् । यो नगरपालिकामा प्रमुख र उपप्रमुख दुवै पदमा काँग्रेसका उम्मेदवार विजयी भएका हुन् ।

मृतक शुभावतीले अघिल्लो पटक काँग्रेसबाटै उपप्रमुख जितेकी थिइन् ।

टिप्पणीहरू