औपचारिक घोषणा नहुँदै बालेनको लौरो र्याली
काठमाण्डौ महानगरको मेयरमा औपचारिक रुपमा निर्वाचन आयोगले निर्वाचित घोषणा नगर्दै बालेन साहको बिजय र्याली तय भएको छ।
बालेनले अहिलेसम्म ५९ हजार ४ सय ४९ मत ल्याएका छन् । गणना हुन बाँकी मत ७ हजार ४ सय ४६ रहेको छ भने उनाका निकटतम प्रतिस्पर्धीको ३७ हजार ५ सय ४२ मत छ।
आजै केहि समयपश्चात औपचारिक बिजय घोषणा हुने बुझिएको छ ।
औपचारिक रुपमा निर्वाचितको अन्तिम घोषणा भएसङ्गै र्याली राष्ट्रिय सभागृहबाट शुरु भएर भद्रकाली सहिद गेट हुँदै त्रिपुरेश्वर कालिमाटीबाट कलंकी पुग्ने छ,कलंकी हुँदै स्वयम्भु रिङ्ग रोड, चाबहिल एअरपोर्ट, सिनामंगल,पुरानो बानेश्वर, मैतिदेवी पुतलीसडक,बागबजार रुटबाट खुल्लामन्चमा पुगी टुंगिने उनीनिकट स्रोतबाट बुझिएको छ। सभ्य र अनुशासित र्याली हुने भन्दै आफूलाई पायक पर्ने स्थानबाट मिसिन पनि भनिएको छ । कुनै किसिमको बिरोध,गाली,चर्का किसिमका नारा नहुन,कसैलाई गिज्याउने खालको गतिविधि पनि नहुने उल्लेख गरिएको छ।
उक्त र्याली मतदातालाई धन्यवाद दिन परिवर्तनको पक्षमा मतदान गर्ने मतदाताको तर्फबाट आयोजना गरिएको स्रोतको दावी छ।
टिप्पणीहरू