स्वयम्भू वरिपरि नेकपा एकीकृत समाजवादीको संख्या एमालेभन्दा दोब्बर

स्वयम्भू वरिपरि नेकपा एकीकृत समाजवादीको संख्या एमालेभन्दा दोब्बर

काठमाडौं महानगरपालिकाको मतपरिणाम अन्तिम चरणमा पुगेको छ । अहिले वडा नम्बर १४, १५ र १६ को झण्डै सात हजार मत गन्न बाँकी देखिन्छ ।

काठमाडौंका ३२ वटा वडामध्ये १५ नम्बर वडामा नेकपा एकीकृत समाजवादीका वडाध्यक्षको विजय लगभग सुनिश्चित भएको छ । ईश्वरमान डंगोल एमाले र नेपाली काँग्रेसका उम्मेदवार भन्दा दोब्बर बढी मतले अगाडि देखिएका छन् ।

उनले तीन हजार तीन सय २८ मत पाउँदा एमाले उम्मेदवारले १३ सय ४९ र नेपाली काँग्रेसका उम्मेदवारले १५ सय २३ मत ल्याएका छन् ।

अन्य सदस्यहरुमा पनि नेकपा एकीकृत समाजवादीका सबै अगाडि देखिएका छन् ।

मेयरमा लौरोले उक्त वडाबाट हालसम्म दुई हजार २३ मत, सूर्यले १५ सय तीन र रुखले १४ सय ५९ मत पाएका छन् ।

टिप्पणीहरू