रोष्ट्रममा उभिँदै एमाले अध्यक्षले भन्नुभयो ‘चुनाव जित्न धाँधली गरियो’

रोष्ट्रममा उभिँदै एमाले अध्यक्षले भन्नुभयो ‘चुनाव जित्न धाँधली गरियो’

एमाले अध्यक्ष तथा संसदमा विपक्षी दलका नेता केपी शर्मा ओलीले सत्ता गठबन्धनले भोट पाउनकै लागि मतदाता अपहरण र हत्या गरेको आरोप लगाउनु भएको छ । आज संसदमा नीति तथा कार्यक्रको छलफलमा भाग लिँदै उहाँले उक्त कुरा बताउनु भएको हो ।

उम्मेदवारलाई थुनेर, अपहरण गरेर पाँच दलीय गठबन्धनले चुनावमा धाँधली गरेको उहाँको दाबी छ । ‘सत्तामा बसेर निर्वाचन शान्तिपूर्ण तरिकाले सम्पन्न गराउने दायित्व सरकारको हुन्छ, तर सरकार नै चुनाव जित्ने ध्यानले निर्वाचनलाई अमर्यादित बनाउने काममा लाग्यो,’ उहाँले भन्नुभयो ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डप्रति लक्षित गर्दै अध्यक्ष ओलीले ‘एकजना गठबन्धनका शीर्षनेताले २०६४ सालमा कसरी चुनाव जितेका थियौं त्यहिअनुसार निर्वाचनमा लाग्न’ कार्यकर्तालाई दिएको निर्देशनले नै चुनाव कसरी सम्पन्न भयो भन्नेबारे स्पष्ट भएको धारणा राख्नुभएको छ ।

अघिल्लो पटक सत्तामा छँदा दुई पटक प्रतिनिधिसभा विघटनको प्रयास गर्नुभएको ओली निकै लामो समयपछि आज संसदको रोष्ट्रममा उभिनुभएको हो ।

गत साउनदेखि संसदको अघिल्लो अधिवेशनका बैठकसम्म एमालेले संसद बैठक अवरुद्ध गर्दै आएको थियो ।

टिप्पणीहरू