सकुनी र मन्थराले गर्दा सत्ता छोड्नुपर्यो : ओली
एमालेका अध्यक्ष खडगप्रसाद शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनका जनतालाई धम्क्याएर चुनाव जितेको आरोप लगाउनुभएको छ । आज संघीय संसदमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उहाँले यस्तो आरोप लगाउनुभएको हो ।
ओलीले प्रधानमन्त्री पत्नि आरजू राणा देउवामाथि पनि त्यस्तै कटाक्षपूर्ण टिप्पणी गर्नुभयो । चुनावअघि डडेल्धुरामा आरजूले गरेको भाषणप्रति व्यंग गर्दै उहाँले भन्नुभयो, ‘अब आफ्नै वडामा हार्दा बजेट त जाँदैन होला नि !, गज्जब भएछ ।’
सरकार र सत्ता गठबन्धनका दलहरुले जनतालाई त्रास देखाएर आफूअनुकुल पार्टीलाई जवर्जस्ती भोट हाल्न बाध्य पारेको ओलीको आरोप छ । मतदानस्थलमा अरुलाई सहजरुपमा जान नदिएर एउटाको नामको मत प्रतिनिधि बसेका गठबन्धन दलका कार्यकर्ताले खसाएको पनि उहाँले आरोप लगाउनुभयो ।
आफ्नो सरकार ढालेर शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरेको भन्दै ओलीले सर्वोच्च अदालतप्रति पनि रोष प्रकट गर्नुभयो । भन्नुभयो, ‘सकुनी र मन्थराहरु जस्ता पात्रहरुले दु:ख दिएर सत्ताबाट बाहिरिनु परेको हो ।’
टिप्पणीहरू