पेस्तोल बोकेर राजधानीमा खाजा खाँदै गरेका थिङ र बमजन च्याप्पै

पेस्तोल बोकेर राजधानीमा खाजा खाँदै गरेका थिङ र बमजन च्याप्पै

स्वचालित पेस्तोल, गोली र म्यागजिन बोकेर खाजा खाँदै गरेका दुई जनालाई प्रहरीले केहीबेर अघि राजधानीमा पक्रेको छ । ललितपुरको बालकुमारीस्थित युनिक पेट्रोल पम्प नजिकैको खाजा घरमा चिया खाइरहेको अवस्थामा उनीहरु पक्राउ परेका हुन् ।

जावलाखेल प्रहरी परिसर र बालकुमारी प्रहरी प्रभागको संयुक्त टोलीले सुराकीको आधारमा उनीहरुलाई समातेको हो । सर्लाहीका सुरेन्द्र थिङ र वीरबहादुर बम्जन एक थान अटोमेटिक पेस्तोल, चार थान गोली र दुई थान म्याग्जिनसहित पक्राउ परेका हुन् ।

दुबै जनालाई अहिले जावलाखेल प्रहरी परिसर पुर्याएर अनुसन्धान थालिएको प्रहरीले बताएको छ ।

टिप्पणीहरू