चुनावअघि केपीको पाउ छोएका पुण्यलाई बिदा चाहिएन

चुनावअघि केपीको पाउ छोएका पुण्यलाई बिदा चाहिएन

सामाजिक सञ्जालमा उग्र कुरा गरेर ’भाइरल म्यान’ को परिचय बनाएपछि एमाले नेता बनेका पुण्य गौतम पक्राउ परेका छन् । दुई दिन बिदा दिने सरकारको निर्णयको विरोधमा आज माइतीघर मण्डलामा अनसन बस्न लागेको बेलामा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

दुई दिने बिदाको खारेजी र पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ताको माग गर्दै माइतीघरमा पलेटी कसेका गौतमलाई समातेर प्रहरीले सिंहदरबार लगेको हो ।

आफ्ना विवादित हर्कतका कारण चर्चामा आइरहने गौतम हालै नेकपा एकीकृत समाजवादी परित्याग गरि केपी ओलीको पाउ छोएर एमाले प्रवेश गरेका थिए । उनले गत वैशाख २७ गते एमालेले भृकुटीमण्डपमा आयोजना गरेको आमसभामा ओलीलाई विश्वकै राजनेता भनेर पाउ छुँदै एमाले बनेको घोषणा गरेका थिए ।

उनलाई एमाले बनाएको प्रमाणस्वरुप अध्यक्ष ओलीले भने एमालेको चुनाव चिन्ह सूर्यको झण्डा दिनुभएको थियो ।

टिप्पणीहरू