भारतको कालापहाडबाट नेपालको चुनावलाई नियाल्दा…

भारतको कालापहाडबाट नेपालको चुनावलाई नियाल्दा…

चुनावको रन्को छ, यतिबेला । मतदातादेखि जित्ने–हार्नेहरू अंक गणितमा व्यस्त छन् । कोही हर्ष बढाइँमा छन्, कोही अनुहारमा अबिर, सिन्दूर दलेर घाँटीले थामिनसक्नुको माला झुण्ड्याएर टोल–टोलमा, शहर–शहरमा ट्राफिक जाम गरिरहेका छन् ।

करोडौं रूपैयाँ खर्च गरेर हारेका पनि मनको भडाँस पोखिरहेका छन्, छ्याप्छ्याप्ती । भिडका मुखिया बनेका छन् । दोष जति अर्कैलाई पास गरेर आफू निर्दोष देखिएका छन् । कोही उन्मत्त साँढे बनेर होक्काँ गरिरहेका छन्, कोही थाल थापिरहेका छ्न् ।

चुनावी खर्चका लागि नगरका बहुसंख्यक मतदाताहरूले चन्दा उठाएर भारी बहुमतले मेयरमा विजयी बनाएका स्वतन्त्र उम्मेदवार विजयकुमार कार्की सोचमग्न छन्, यतिबेला ।

अबको पाँच वर्षभित्रमा नगरबासीको ऋण कसरी तिरौं ? बागमतीको डिलमा उभिएर समाधान खोजिरहेका छन् । ह्वास्सै गन्हाउने चर्पी र सिनो जस्तो दुर्गन्धित फोहोरको डुंगुरको छेउमा भुँडी दोबारेर मकै गोडिरहेका जीर्ण दम्पत्तीको कहालीलाग्दो भविष्य सम्झेर उनी चिन्तित छन् ।

मुक्ति गौतम– कालापहाड, मणिपुर (भारत)

टिप्पणीहरू