रक्षक नै भक्षक : नक्कली एकाउण्टमार्फत् द्वारा युवतीको चरित्र हत्या

रक्षक नै भक्षक : नक्कली एकाउण्टमार्फत् द्वारा युवतीको चरित्र हत्या

रक्षक नै भक्षक भनेझैँ प्रहरी नै युवतीको अश्लिल फोटो सार्वजनिकमा संलग्न भएका छन् । लगातार युवतीको चरित्र हत्या गरेका प्रहरी जवान समातिएका हुन् । नेपाल प्रहरीको साइबर ब्युरोले प्रहरी जवान कृष्णकुमार यादवलाई नियन्त्रणमा लिएको हो ।

धनुषास्थित बटेश्वर प्रहरी चौकीमा कार्यरत यादव समातिएका हुन् । रौतहटको भवानीपुर गाउँपालिका ४ घर भएका २७ वर्षीय यादवले युवतीलाई सामाजिक सञ्जालमा साथी बनाएर म्यासेज, च्याट तथा भिडियो कलबाट उनका गोप्य तस्बिर लिएका थिए ।

पछि तिनै तस्बिर सार्वजनिक गरिदिने भन्दै धम्की दिँदै आएका थिए । त्यसविरुद्ध युवतीले प्रहरीमा उजुरी दिएपछि ब्युरोले पक्राउ गरेको हो । उनले विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुर गरेको ब्युरोले जनाएको छ । यादवविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पाँच दिन म्याद थपको अनुमति लिई अनुसन्धान भइरहेको बताइएको छ ।सामाजिक सञ्जालमा फेक अकाउन्ट बनाएर युवतीका गोप्य तस्बिर आफन्त तथा साथीभाइलाई पठाएको आरोपमा अर्का एक जना पनि पक्रिएका छन् । मोरङको विराटनगर महानगरपालिका १७ घर ३१ वर्षीय मोहम्मद सद्दाम भनिने मोहम्मद कासीमलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

टिप्पणीहरू