अब परीक्षामा पनि राष्ट्रिय परिचयपत्र अनिवार्य
चिकित्सा शिक्षा आयोगले सञ्चालन गर्ने एकीकृत प्रवेश परीक्षाको अनलाइन फाराम भर्न अब राष्ट्रिय परिचयपत्र नम्बर उल्लेख गर्नुपर्ने भएको छ । आयोगले एकीकृत प्रवेश परीक्षाका लागि अनलाइन आवेदन फाराम भर्दा राष्ट्रिय परिचयपत्र नम्बर उल्लेख गर्नुपर्ने जानकारी दिएको हो ।
‘डिएम–एमसीएच, स्नातकोत्तर तह र स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरुको एकीकृत प्रवेश परीक्षाका लागि अनलाइन आवेदन फाराम भर्दा आवेदकको राष्ट्रिय परिचय पत्रसमेत उल्लेख गर्नुपर्ने भएको छ’, आयोगले प्रकाशित गरेको सूचनामा भनिएको छ । साथै, सम्पूर्ण उम्मेदवारहरूलाई समयमै राष्ट्रिय परिचयपत्र बनाउन समेत उसले आग्रह गरेको छ ।
टिप्पणीहरू