पहिलो मिस नेपालले भनिन् ‘सुतेर सेक्सी शरीर पाईंदैन’
महिलाको शरीर छोएको,यौन दुर्व्यवहार भएको र विभिन्न घटनाका खबर बाहिरिएको बेला एउटी पूर्वसुन्दरीले आफ्नै खालको तर्क गरेकी छन् । मुलुककै पहिलो मीस नेपाल रुवी राणा शाहले आकर्षक शरीरको अर्थ लगाउँदै सुतेर सेक्सी शरीर नपाइने नारा लेखिएको टीसर्ट लगाएकी छन् ।
प्रायः व्यायाम र फिटनेसमा व्यस्त देखिने राणाले महिलालाई बिहान अबेरसम्म सुत्न नहुने सन्देश दिन उक्त नारा लेखिएको टिसर्ट लगाएको बुझ्न सकिन्छ । आकर्षक र अरुलाई लोभ लाग्ने शरीरलाई उनले सेक्सी शरीरको अर्थ लगाएकी हुन् ।
दुई सन्तानको आमासमेत रहेकी रुवीको शरीरलाई लिएर सामाजिक सञ्जालमा सबैले लोभ गरेको व्यहोरा लेखेको पनि पाइन्छ । उनी सँधै व्यायाम गर्ने र सन्तुलित भोजनका कारण शरीर मेन्टेन हुने गरेको बताउँछिन् ।
सामाजिक सञ्जाललाई आफ्नो महिला परिधान व्यवसायको अचुक माध्यम बनाउँदै आएकी राणाले आज पोष्ट गरेको फोटोमा लेखिएको नाराले भने सबैलाई झस्काइदिएको छ । विवाहित र हुर्किसकेका दुई सन्तानकी आमाले सेक्सी शरीर बनाउन सुत्न नहुने भनेपछि स्वयम् महिलालाई नै व्यंग्य भएको छ ।
अंग्रेजी शब्द सेक्स र सेक्सी आफैँमा खराब होइन । रुवीले सेक्सी बडीको परिभाषालाई उदाहरण दिँदै आफ्नै शरीरलाई व्यायामशालाभित्र फोटो खिचाएकी हुन् ।
टिप्पणीहरू