विद्यालयका प्रिन्सिपल किन बारम्बार दूतावास छिर्छन् ?

विद्यालयका प्रिन्सिपल किन बारम्बार दूतावास छिर्छन् ?

राजधानी काठमाडौंस्थित एउटा बोर्डिङ स्कुलका प्रिन्सिपल नियमितझैँ भारतीय दूतावास छिर्ने गर्छन् । उनी र दूतावासबीचको सम्बन्धलाई लिएर बेला बेलामा अनेकथरि समाचार पनि बाहिरिने गरेका छन् ।

राई स्कुलका प्रिन्सिपल कीर्ति पाण्डे हिजो दिउँसो १ बजे भारतीय दूतावास छिरेका हुन् । उनले त्यहाँ पुगेर दूतावासका कन्सुलर अनिलकुमार गिरीसँग झण्डै आधा घण्टा बातचित गरेका थिए ।हिजै भारतीय कार्यवाहक राजदूत नामग्या सी. खम्पासहित तीन जनाको टोली पोखराबाट राजधानी फर्केको छ । टोली बुध्द एअरको उडानमा दिउँसो सवा ४ बजे काठमाडौं आएको हो । पोखरामा रहँदा कार्यवाहक राजदूत र गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीबीच भेटघाट भएको थियो ।

टिप्पणीहरू