आफ्ना कर्मचारी सरुवा गरिएको भन्दै एमालेद्वारा संसद अवरोध

आफ्ना कर्मचारी सरुवा गरिएको भन्दै एमालेद्वारा संसद अवरोध

संघीय संसदमा एमालेको अवरोध खुले पनि बागमती प्रदेशमा भने नयाँ बवण्डर मच्चिएको छ । आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममाथि छलफल गर्न डाकिएको बैठकमा एमाले सांसदहरुले अवरोध गरेका हुन् ।

प्रदेश सभामुख सानुकुमार श्रेष्ठले एमालेका मुख्य सचेतक दीपक निरौलालाई आफ्ना भनाइ राख्न समय दिनुभएको थियो । निरौलाले कर्मचारी सरुवामा प्रदेश सरकारले आफूखुशी निर्णय गरेको भन्दै अवरोध गर्ने जानकारी गराउनुभयो ।

उहाँले एमाले निकट तीन जना कर्मचारीलाई सरुवा गरेको कारण देखाउँदै आफ्नो पार्टीले अवरोध गरेको बताउनुभयो । भन्नुभयो, ‘सरकारले आफ्नो समर्थक नभएकै कारण तीन जना कर्मचारीलाई सरुवा गरेकोले उक्त घटना छानबिन गर्न सर्वपक्षीय छानबिन समिति गठन गरियोस् ।’

छानबिन समिति नबनेसम्म प्रदेश संसद चल्न नदिने एमालेको अडान छ । १० मीनेटको लागि स्थगित बैठक अझै शुरु हुन सकेको छैन ।

टिप्पणीहरू