हिमालमाथिबाट हवाइजहाज वारपार
लामो समयदेखि ठप्प नेपाल र चीनबीचको हवाइ उडान शुरु भएको छ । अस्ति मंगलबारदेखि काठमाडौंबाट र आगामी आइतबार चीनबाट उडानको मिति लागू भएको हो ।
गत मंगलबार हिमालयन एअरलाइन्सको विमान काठमाडौंबाट कुन्मिङ उडेको थियो । सोही उडानबाट नेपालका लागि चिनियाँ राजदूत हौ यान्छी स्वदेश जानुभयो ।
चीनको सरकारी वायुसेवा कम्पनी एअर चाइनाले पनि आइतबारदेखि उडान थाल्दैछ । एअर चाइनाले छन्दुबाट काठमाडौं उडान गर्ने बताइएको छ ।
अहिले साताको दुई उडान मात्र हुने छ ।
टिप्पणीहरू