दुर्गा प्रसाईं,रवि लामिछाने
उता बयान जारी, यता थप हिरासतमा राख्न अनुमति
मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई चार दिन प्रहरी हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । साइबर अपराधको कसूरमा पक्राउ परेका मेडिकल व्यवसायी प्रसाईंलाई थप चार दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको नेपाल प्रहरीको साइबर ब्यूरोका डीआईजी नविन्द अर्यालले जानकारी दिए । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अफवाह फैलाएको आरोपमा प्रहरीले मंसिर ५ गते पक्राउ गरेको थियो । विद्युतीय अपराध नियन्त्रण ऐन, २०६३ विपरीतको कसुर गरेको आरोपमा प्रसाईं पक्राउ परेका हुन् ।…