एमाले र राप्रपा मिलेर सँसदमा प्रस्ताव दर्ता
प्रतिनिधिसभामा मूल्यवृद्धिवारे सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ ।
एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले पेट्रोलियम पदार्थसहित दैनिक उपभोग्य वस्तुहरुमा अस्वभाविक मूल्यबृद्धि गरिएको भन्दै संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका हुन् । उक्त प्रस्तावको समर्थनमा गणेशकुमार पहाडी, राजेन्द्रप्रसाद लिङ्देन र दुर्गा गैडेल रहेका छन् ।
बैठकमा प्रस्ताव पेश गरेका भट्टराई र समर्थनमा बोलेका सांसदहरुले अस्वभाविक रुपमा मूल्यबृद्धि भइरहँदा सरकारले बजार अनुगमनसमेत नगरेको बताएका छन् । पेट्रोलियम पदार्थमा लगाइएका कर घटाएर भए पनि मूल्यवृद्धि नियन्त्रण गर्नुपर्ने सांसदहरुको माग छ ।
पेट्रोलियम पदार्थ आयात गर्न आयल निगमको एकाधिकार तोडी निजी क्षेत्रलाई कमिसन खाएर दिन लागेको आशंका गरेका उनीहरुले आपत्ति जनाए ।
अहिले उक्त प्रस्तावमाथि छलफल भइरहेको छ । छलफलका लागि दुई घण्टा छुट्याइएको छ ।
टिप्पणीहरू