वैदेशिक रोजगार बोर्डलाई कार्यकारी निर्देशक चाहियो
वैदेशिक रोजगार बोर्डको रिक्त कार्यकारी निर्देशक पदमा आवेदन खुलेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको पदपूर्ति समितिले आवेदन मागेको हो ।
सो पदमा इच्छुक योग्य व्यक्तिहरुले आजदेखि १५ दिनभित्र मन्त्रालयको प्रशासन महाशाखामा आवेदन दिनुपर्ने समितिले बताएको छ ।
दरखास्तका लागि आवश्यक पर्ने कागजातसम्बन्धी विस्तृत विवरणसहितको सूचना मन्त्रालय तथा वैदेशिक रोजगार बोर्डको सचिवालयको वेबसाइटमा राखिएको समितिले जारी गरेको सूचनामा उल्लेख छ ।
टिप्पणीहरू