गाडीको भाडा घट्यो

गाडीको भाडा घट्यो

यातायात विभागले अन्तरप्रदेश चल्ने सार्वजनिक सवारी साधनको भाडा घटाएको छ । आयल निगमले पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर १० रुपैयाँले घटाएसँगै विभागले पनि सार्वजनिक यातायातको भाडा २ प्रतिशतले घटाएको हो ।

पहाडी मार्गमा सञ्चालन हुने यात्रुवाहक सवारीको भाडा २ प्रतिशत र तराईका सडकमा सञ्चालन हुनेको २ दशमबल ६ प्रतिशत भाडा घटेको छ । मालवाहक सवारीको पनि भाडा घटेको छ ।

सरकारले सार्वजनिक सवारीको भाडादर स्वःचालित आधारमा गर्ने गरी व्यवस्था गरेको छ । विभागले कायम गरेको नयाँ भाडादर आजदेखि लागू भएको हो ।

टिप्पणीहरू