खुमलटारमा पार्टी अध्यक्ष र गाउँपालिका अध्यक्षबीच डेढ घण्टा छलफल

खुमलटारमा पार्टी अध्यक्ष र गाउँपालिका अध्यक्षबीच डेढ घण्टा छलफल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग कालिकोटको एउटा गाउँपालिकाका नवनिर्वाचित अध्यक्षले भेट गर्नुभएको छ । उहाँहरुबीच हिजो बिहान झण्डै डेढ घण्टा कुराकानी भएको हो ।

अध्यक्ष दाहालसँग भेट गर्न कालिकोटको सान्नीत्रिवेणी गाउँपालिकाका अध्यक्ष मोहनबहादुर केसी पुगेका हुन् । स्थानीय तहको निर्वाचनमा पार्टी छाडेर स्वतन्त्र उम्मेदवार बनेका केसी अध्यक्षमा विजयी भएका छन् ।

केसीले स्वतन्त्रबाट अध्यक्ष बने पनि अब आफू माओवादी केन्द्रमै रहेको जानकारी गराएका थिए ।

टिप्पणीहरू