काठमाण्डौमा फेला पर्लान् त भारतीय नेता/गायकको हत्यारा ?

काठमाण्डौमा फेला पर्लान् त भारतीय नेता/गायकको हत्यारा ?

भारतीय कांग्रेसका युवा नेता तथा पञ्जाबी गायक सिध्दु मुसेवालाको हत्यारा खोज्दै दिल्ली प्रहरीको एउटा विशेष टोली काठमाडौं आइपुगेको छ। उनको गत आइतवार पञ्जाबस्थित मनासा जिल्लाको जवाहरेक गाउँमा गोली हानी हत्या गरिएको थियो। हत्यामा संलग्न बन्दुकधारीहरू भारतीय राज्य बिहार हुँदै नेपाल छिरेको पत्तो पाएपछि प्रहरीको विशेष टोली काठमाडौं आएको अधिकारीहरूले जनाएका छन् । अनुसन्धानका क्रममा हत्याराहरू लुकीछिपी नेपाल आएको सूचना प्राप्तपछि भारतीय विशेष गुप्तचर विभागले खोजी कार्य तीव्र पार्न एउटा टोली काठमाडौंमा खटाएको हो ।

पञ्जाब प्रहरीले मुसेवालामाथि आक्रमण गर्दा बोलेरो जीप प्रयोग गर्न दिएको आरोपमा दुई व्यक्तिलाई पक्राउ गरिसकेको छ । पञ्जाब हत्याकाण्डको अनुसन्धानका क्रममा भारतीय प्रहरीले थुप्रै नयाँ–नयाँ खुलासा बाहिर आइरहेको दाबी गरेको छ । राजनीतिज्ञ तथा गायक मुसेवालालाई जीपभित्रै गोली हानेर मारिएको थियो । उनलाई १९ वटा गोली लागेको प्रहरीले जनाएको छ। गोली लागेको १५ मीनेटमै मृत्यु भएको उनको पोस्टमार्टम रिपोर्टले जनाएको छ । उनको मंगलबार मनासाको मोसा गाउँमा दाहसंस्कार गरिएको थियो । हत्याको जिम्मा लरेन्स विश्रोइ ग्याङ्गस्टरले लिएको छ । प्रहरी हिरासतमा रहेका गुण्डा नाइके कला जठेदी र उनका सहयोगी कला राणालाई पनि सोधपुछ गरिएको छ।

टिप्पणीहरू