पाँचथर जिल्ला समन्वय समिति गठबन्धनको कब्जामा

पाँचथर जिल्ला समन्वय समिति गठबन्धनको कब्जामा

पाँचथर जिल्ला समन्वय समिति निर्विरोध चयन भएको छ । जिल्लामा कांग्रेसका सह–महामन्त्री भिष्मराज आङ्देम्बेका भाइ रामराज र उपप्रमुखमा माओवादी केन्द्रका सदस्य,प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो ‘मौसम’का दाइ यामकुमार आङ्बो निर्विरोध हुनुभएको हो । शुक्रबार गठबन्धनमा रहेका काङ्ग्रेस,नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले उम्मेदवारी दर्ता गराएका थिए ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय फिदिमको जिसस निर्वाचन तालिकाअनुसार शुक्रवार ९ जनाको उमेदवारी दर्ता भएको हो । आयोगले अपरान्ह ४ बजेसम्म दिएको मनोनयन पत्र–उमेदवारी दर्ताको समयमा गठबन्धनका ९ जनाको मात्र उमेदवारी दर्ता भएको जनाएको छ ।

पाँचथर जिससका लागि नेपाली कांग्रेसबाट प्रमुखसहित ४ सदस्य, नेकपा माओवादी केन्द्रबाट उपप्रमुख सहित ४ सदस्य र नेकपा (एकीकृत समाजवादी) बाट एक सदस्यमा सहमति गरी मनोनयन दर्ता भएको थियो ।

सदस्यहरुमा नेपाली काङ्ग्रेसका डिलेन्द्र शेर्मा,टेकराज योङहाङ, हिमओती जबेगु,माओवादी केन्द्रका रिना गुरुङ,मणिकुमार थाम्सुहाङ, अमृतराई बान्तवा र नेकपा(एकीकृत समाजवादी) का लेन्जु योक्पाङदेन को मनोनयन दर्ता भएको हो ।

मुख्य निर्वाचन अधिकृको कार्यालय फिदिमले जेठ २३ गते मतदानको समयतालिका प्रकाशित गरे पनि ९ जनाको मात्र मनोयन भएकोले सवै गठबन्धनका उम्मेदवार निर्विरोध निर्वाचित भएको बताएको छ ।

टिप्पणीहरू