नेकपा (एकीकृत समाजवादी) का नेताहरु समीक्षा बैठकमा ब्यस्त

नेकपा (एकीकृत समाजवादी) का नेताहरु समीक्षा बैठकमा ब्यस्त

नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक अहिले दिउँसो ३ बजेबाट पार्टी कार्यालय आलोकनगरमा जारी छ । बैठकमा ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको समीक्षा र आगामी निर्वाचनको कार्ययोजनाबारे छलफल गर्ने कार्यसूची रहेको उपमहासचिव गंगालाल तुलाधरले बताउनु भयो ।

आजको बैठकले स्थायी कमिटी, पोलिटब्यूरो,केन्द्रीय कमिटी र केन्द्रीय परिषदको बैठकलगायत समसामयिक बिषयमा पनि छलफल गर्ने तुलाधरले बताउनु भयो ।

बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपाल,पूर्वप्रधानमन्त्री एवम् सम्मानित नेता झलनाथ खनाल, महासचिव बेदुराम भुसाल लगायतको सहभागिता छ ।

टिप्पणीहरू