नेपाल भ्रमणपछि अमेरिकी उपविदेशमन्त्री उज्रा असन्तुष्ट रहेको रिपोर्ट

नेपाल भ्रमणपछि अमेरिकी उपविदेशमन्त्री उज्रा असन्तुष्ट रहेको रिपोर्ट

हालै नेपाल र भारतस्थित तिब्बती शरणार्थी र दलाई लामासँग भेटेर स्वदेश फर्केलगत्तै अमेरिकी उपविदेशमन्त्री उज्रा जियाको उग्र असन्तुष्टिसहितको रिपोर्ट सँसदमा पेश भएको छ । रिपोर्टमा नेपालले सन् २०२१ मा तिब्बती समुदायको धार्मिक र सांस्कृतिक अधिकार हनन गरेको आरोप लगाइएको छ ।

स्थानीय समयानुसार बिहीबार अमेरिकी संसद कँग्रेसमा प्रस्तुत ‘अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता २०२१’ शीर्षकको अमेरिकी विदेश मन्त्रालयको वार्षिक प्रतिवेदनमा नेपालका प्रहरीले तिब्बतीहरूलाई नजिकबाट निगरानी गरिरहेको व्यहोरा उल्लेख छ ।

तिब्बतका लागि अमेरिकी विशेष संयोजकसमेत रहेकी उपविदेशमन्त्री उज्रा जिया भारत र नेपालको भ्रमणबाट फर्केको दुई सातापछि उक्त प्रतिवेदन संसदमा प्रस्तुत भएको हो ।

अघिल्लो वर्ष जुलाई ६ का दिन निर्वासित धार्मिक नेता दलाई लामाको जन्मदिन सार्वजनिक रुपमा मनाउने क्रममा नेपालले तिब्बती समुदायलाई अवरोध पुर्याएको प्रतिवेदनमा उल्लेख छ । राजधानीको बौध्दनाथ स्तुपाका सबै ढोका तिब्बतीका लागि बन्द गरिएको पोहोरको घटना अघिल्लो वर्षकै पहिलो भएको अमेरिकी सरकारी प्रतिवेदनमा औंल्याइएको छ ।

प्रतिवेदनमा भनिएको छ, ‘तिब्बतीहरुलाई जुलुस निकाल्न रोक लगाइयो । बौध्द र तिब्बती बस्ने क्षेत्र वरपरका पसलहरू बन्द गराइए ।’

[pdf-embedder url=”https://www.janaaastha.com/wp-content/uploads/2022/06/NEPAL-2021-INTERNATIONAL-RELIGIOUS-FREEDOM-REPORT.pdf”]

टिप्पणीहरू