राष्ट्रपति जावलाखेल पुगेपछि भित्रबाट भोटो निकालियो
राष्ट्रपति विद्यादेवी भण्डारी भर्खरै जावलाखेल पुग्नुभएको छ । उहाँ रातो मच्छेन्द्रनाथको भोटो देखाउने कार्यक्रमको निम्ति जानुभएको हो ।
आजको साइतअनुसार राष्ट्रपतिलगायत सर्वसाधारणलाई साढे ५ बजे भोटो देखाईंदैछ । भर्खरै रथको भित्र जतनसँग राखिएको भोटोलाई बाहिर निकालिएको छ ।
भोटो जात्रापछि एक महिना बढी लामो जात्रा आज सकिनेछ । त्यसपछि मच्छेन्द्रनाथ र मीन नाथको मूर्तिलाई खटमा राखेर सुरक्षाका साथ बुंगमती पुर्याइने छ ।
टिप्पणीहरू