निजगढ विमानस्थलविरुद्ध ठूला बडा को-को खुले ?

निजगढ विमानस्थलविरुद्ध ठूला बडा को-को खुले ?

बाराको निजगढमा बनाउने भनिएको अन्तर्राष्ट्रिय विमानस्थलविरुद्ध बिस्तारै पहिले ठूलो पदमा रहेका विशिष्ट महानुभावहरु खुल्न थाल्नुभएको छ । अत्याधुनिक विमानस्थलसँगै बन्न लागेको द्रुत मार्ग र काठमाडौं विमानस्थलको विकल्पबारे नसोच्दै उहाँहरु पनि एकोहोरो विमानस्थल निर्माणविरुद्ध उत्रिनुभएको बताइन्छ ।

पूर्वसभामुख,नेपाली काँग्रेसका नेता तथा अभियानकर्मी दमननाथ ढुंगाना,सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश तथा मानवअधिकार आयोगका पूर्व अध्यक्ष अनुपराज शर्मा, सर्वोच्चका न्यायाधीश बलराम केसीले स्पष्टसँग निजगढको विरोध गर्नुभएको छ ।

त्यसैगरी मानवअधिकारवादी चरण प्रसाईं,पत्रकार कनकमणि दिक्षित, पत्रकार तारानाथ दाहाल, कानुन व्यवसायी गीता पाठक संग्रौला, राजुप्रसाद चापागाईंलगायतले अपिल जारी गर्दै उक्त विमानस्थल निर्माणको विरोध गर्नुभएको छ ।

उहाँहरुले अपिलमा बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणबारे सर्वोच्च अदालतले गरेको हालैको निर्णयलाई सम्मान गर्न आग्रह गर्नुभएको छ । त्यो भनेको निजगढमा विमानस्थल नबनोस् भन्ने अभिप्रायः हो ।

टिप्पणीहरू