विशिष्ट अधिकारीहरु:कोही विदेशतिर,कोही जिल्लातिर
विशिष्ट व्यक्तिहरु हवाइ जहाजमा ओहोरदोहोर गर्ने क्रम बढेको छ । सोही क्रममा हिजाे श्री एयरलाइन्सको उडानमा काठमाडौंबाट बिहान सवा ७ बजे पाल्पाली पूर्वमन्त्री सोमप्रसाद पाण्डे भैरहवा जानुभयो ।
बुद्ध एयरको उडानमा बिहान सवा ७ बजे एमाले सचिव योगेश भट्टराई काठमाडौंबाट भद्रपुरतिर लाग्नुभयो भने बुद्ध एअरकै उडानमा बिहान साढे १० बजे सुर्खेतबाट नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल साढे १० बजे राजधानी फर्कनुभयो ।
उता पोखराबाट नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री मीनेन्द्र रिजाल हिजाे बिहान ११ बजे काठमाडौंबाट पोखरा जानुभयो ।
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री भवानीप्रसाद खापुङ्गसहितको टोली कतार एअरवेजको उडानमा हिजै बिहान साढे ११ बजे दोहाबाट काठमाडौं आएको छ ।
उता सार्कका महासचिव इसाला रुवान विराकुनको टोली दिउँसो बंगलादेशको राजधानी ढाका गएको छ । महासचिवसहितको टोली विमान बंगलादेशको उडानमा दिउँसो १ बजे ढाका प्रस्थान गरेको हो ।
श्री एयरलाइन्सको उडानमा काठमाडौंबाट दिउँसो साढे १ बजे पूर्वमन्त्री गिरिराजमणि पोखरेल काठमाडौंबाट विराटनगर जानुभएको छ ।
बुद्ध एअरको उडानमा मधेश प्रदेशका कृषिमन्त्री विजयकुमार यादव दिउँसो ४ बजे जनकपुर जानु हुँदा पोखराबाट नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङ दिउँसो सवा ४ बजे पोखरातिर उड्नुभयो ।
भिष्टारा एअरको उडानमा हिजाे अपरान्ह सवा ५ बजे शिक्षामन्त्री देवेन्द्र पौडेल भारतको राजधानी नयाँ दिल्ली जानुभएको मन्त्रालय स्रोतले पुष्टि गरेको छ ।
टिप्पणीहरू