मुलुकको राजनीति यसकारण गतिहीन र अस्तव्यस्त भयो : डा. बाबुराम भट्टराई

मुलुकको राजनीति यसकारण गतिहीन र अस्तव्यस्त भयो : डा. बाबुराम भट्टराई

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजनीति अस्तव्यस्त हुनु र मुलुक गतिहीन हुनुुको नयाँ कारण पत्ता लगाउनुभएको छ । उहाँले गृहजिल्ला गोरखामा हिजो सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्नेमा त्यसो नभएकाले अहिलेको अवस्था आएको ठहर गर्नुभएको हो ।

भट्टराईका अनुसार पटक्कै विचार नमिल्ने शक्तिबीच गठबन्धन गरेपछि अहिलेको अवस्था आएको हो । उहाँले भन्नुभयो, ‘टालटुले नीतिले अघि बढ्दा पार्टी राजनीतिमा गतिहीनता र अस्तव्यस्तता देखियो । अब यो कुरोमा पुनःविचार गर्नैपर्ने बेला आएको छ ।’

टिप्पणीहरू