प्रधानमन्त्रीको अफर नाटकै हो र !

प्रधानमन्त्रीको अफर नाटकै हो र !

नेकपा एमालेका नेता छविलाल विश्वकर्माले सत्तारुढ गठबन्धनलाई टिकाई राख्न माओवादी अध्यक्ष र नेकपा एकीकृत समाजवादीका अध्यक्षले नयाँ अफरको हल्ला फिँजाएको आरोप लगाउनुभएको छ ।

उहाँँले अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले एमालेले आफूहरूलाई प्रधानमन्त्रीमा अफर गरिरहेको हल्ला फैलाएर स्वार्थपूर्तिको नाटक रचेको बताउनुभएको हो ।

‘सत्तारुढ गठबन्धन टिकाउने, सरकारमा बसिरहने र एमालेमाथि प्रहार गरिरहने उध्देश्यले उहाँहरुको उक्त भनाइ बाहिरिएको हो,’ विश्वकर्माले भन्नुभएको छ ।

टिप्पणीहरू