नेकपा एकीकृत समाजवादीबाट नयाँ मन्त्री को को ?

नेकपा एकीकृत समाजवादीबाट नयाँ मन्त्री को को ?

नेकपा एकीकृत समाजवादीले क्याबिनेटमा रहेका आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेपछि नयाँ मन्त्रीहरुको चर्चा शुरु भएको छ । एक जना राज्यमन्त्रीसहित पाँच जना मन्त्रीको नामबारे धेरै अड्कल लगाइएको छ ।

पार्टी स्रोतअनुसार दाङबाट मेटमणि चौधरी वा हिरा केसीमध्ये एक जना पर्यटन या शहरी विकासमन्त्री बन्नुहुनेछ । त्यसैगरी जीवनराम श्रेष्ठ पनि कुनै एक बिभागीय मन्त्री र भवानी खापुङ्ग राज्यबाट स्वास्थ्य मन्त्रीमा बढुवा हुने बताइएको छ । समिना हुसेन स्वास्थ्य मन्त्रालयमा राज्यमन्त्री बन्ने सम्भावना बढेको छ ।

फिर्ता बोलाइएको : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडा, सहरी विकास मन्त्री रामकुमारी झाँकी, संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेमबहादुर आले र श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ नयाँ : हाल स्वास्थ्य राज्यमन्त्री रहेका भवानी खापुङ (स्वास्थ्यमन्त्री), जीवनराम श्रेष्ठ संस्कृति तथा पर्यटन, मेटमणि चौधरी शहरी विकास, शेरबहादुर कुँवर श्रम, हीरा केसी स्वास्थ्य राज्यमन्त्री ।

टिप्पणीहरू