हिजो पनि खुमलटार, बालकोट र लैनचौर जानेहरु उत्तिकै
हिजो शनिवार पनि राजनीतिक दलका नेताहरुलाई भेट्न जानेहरुको कमि देखिएन । विशेषगरी खुमलटारस्थित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष खड्गप्रसाद शर्मा ओलीको निवासमा चाप बढेको हो ।
दाहाल निवासमा पहिलो पाहुना गृहमन्त्री बालकृष्ण खाँण पुग्नुभयो । उहाँहरुबीच बिहान ८ बजेदेखि साढे ८ बजेसम्म कुराकानी भएको थियो । गृहमन्त्री निस्केपछि अध्यक्ष दाहाललाई भेट्न काठमाडौैं महानगरका मेयर बालेन्द्र साह पुग्नुभएको हो । उहाँहरुबीच झण्डै ९ बजेदेखि साढे ९ बजेसम्म भेटवार्ता भएको थियो ।
उता भक्तपुर बालकोटस्थित एमाले अध्यक्ष केपी शर्मा ओली निवासमा नेता रघुवीर महासेठ हिजो बिहान पौने १२ बजे जानुभएको थियो । अध्यक्ष र नेता महासेठबीच झण्डै दुई घण्टा कुराकानी भयो ।
त्यसैगरी लैनचौरमा सभामुख अग्निप्रसाद सापकोटा र नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनबीच हिजै भेटवार्ता भयो । उहाँहरुबीच दिउँसो ३ बजेदेखि ४ बजेसम्म छलफल भएको थियो ।
टिप्पणीहरू