वार्षिक ८ करोड उठाउने माओवादी रोडम्याप
नेकपा माओवादी केन्द्रले वार्षिक आठ करोड रुपैयाँ उठाउने नयाँ जुक्ति निकालेको छ । आज बिहान बसेको पूर्वस्थायी समिति सदस्यहरुको बैठकले नयाँ उपाय खोजेको हो ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा आयोजित बैठकले केन्द्रीय कार्यालय व्यवस्थित बनाउने र रचनात्मक कामका लागि खर्च जुटाउने भन्दै सबै सदस्यबाट वार्षिक एक सय रुपैयाँ लेबी उठाउने निर्णय गरेको छ ।
माओवादीका आठ लाख पार्टी सदस्य रहेको र एक सय रुपैयाँको दरले आठ करोड रुपैयाँ संकलन गर्न सकिने निचोड निकालिएको हो । अहिले परीक्षणको निम्ति उक्त शुल्क एक पटक उठाउने भनिएको छ ।
टिप्पणीहरू