टेकुमा विस्फोट,घाइते २ जनालाई वीर अस्पताल पुर्याइयो
ललितपुरको झम्सिखेल नजिकै ग्यास सिलिण्डर पड्केलगत्तै टेकुको एउटा पेट्रोल पम्पको ट्याङ्की विस्फोट भएको छ । केही बेरअघि स्थानीय कनक पेट्रोल पम्पको जमिनमुनि गाडिएको ट्याङ्की विस्फोट हुँदा दुई जना घाइते भएका छन् ।
पेट्रोल र डिजेल राख्ने ट्याङ्कीको बिर्को वेल्डिङ गर्ने क्रममा भएको आगलागीपछि विस्फोट भएको हो । उक्त घटनामा घाइते दुई जनालाई उपचारको निम्ति वीर अस्पताल लगिएको छ ।
पर्साको जगन्नाथपुर गाउँपालिका ३ स्थायी घर भएका ३० वर्षे किशोर साह र १८ वर्षे दिपककुमार साह घाइते भएका छन् । उनीहरुमध्ये किशोरको बायाँ गोडा भाँचिएको छ । उनको दुबै हात र छातीमा आगोले पोलेको छ । दिपकको गालामा आगोले पोलेको प्रहरीले जनाएको छ ।
टिप्पणीहरू