टेकुमा विस्फोट,घाइते २ जनालाई वीर अस्पताल पुर्याइयो (अपडेट)

टेकुमा विस्फोट,घाइते २ जनालाई वीर अस्पताल पुर्याइयो (अपडेट)

टेकुको कनक पेट्रोल पम्पको जमिनमुनि गाडिएको ट्याङ्की विस्फोट हुँदा घाइते भएका दुई जनालाई थप उपचारको निम्ति कीर्तिपुर लगिएको छ । उक्त घटनामा घाइते दुई जनालाई उपचारको निम्ति तत्काल वीर अस्पताल लगिएको थियो ।

पेट्रोल र डिजेल राख्ने ट्याङ्कीको बिर्को वेल्डिङ गर्ने क्रममा भएको आगलागीपछि ट्याङ्की विस्फोट भएको हो । पर्साको जगन्नाथपुर गाउँपालिका ३ स्थायी घर भएका ३० वर्षे किशोर साह र १८ वर्षे दिपककुमार साह घाइते भएका हुन् ।

उनीहरुमध्ये किशोरको बायाँ गोडा भाँचिनुका साथै उनको दुबै हात र छातीमा आगोले पोलेको छ । दिपकको गालामा पनि आगोले पोलेको प्रहरीले जनाएको हो ।

आगोले पोलेका कारण उनीहरुलाई उपचारार्थ कीर्तिपुरको मोडर्न अस्पतालमा रिफर गरिएको हो ।

टिप्पणीहरू