कोटेश्वरबाट माधव खुमलटार पुगेपछि नानाथरि आशंका

कोटेश्वरबाट माधव खुमलटार पुगेपछि नानाथरि आशंका

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आज साँझ खुमलटार पुग्नुभएको छ । उहाँ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्न त्यहाँ जानुभएको हो ।

अध्यक्ष नेपाल साँझ सवा ५ बजेको हाराहारीमा खुमलटार पुग्नुभएको थियो । उहाँहरुबीच डेढ घण्टा छलफल भयो । मन्त्री हेरफेर र राजनीतिक दलका शीर्ष नेताहरुबीच बढेको पछिल्लो भेटघाटको सन्दर्भमा आज दाहाल र नेपालबीच भएको छलफललाई अर्थपूर्ण रुपमा हेरिएको बताइन्छ ।

टिप्पणीहरू