बलात्कार मुद्दामा हदम्यादको पक्षमा सांसद चौधरी

बलात्कार मुद्दामा हदम्यादको पक्षमा सांसद चौधरी

पछिल्लो समय बलात्कारसम्बन्धी पुराना घटनाहरु सार्वजनिक भएसँगै हदम्यादको आलोचना भईरहेको छ । सरकारले आज हदम्याद हटाउन कानुन संशोधनका लागि बारे प्रतिनिधिसभामा विधेयक पेस गरेको छ ।

संसदमा प्रस्तुत विधेयकमाथि अहिले सांसदहरुले आ-आफ्ना धारणा राखेका छन् । नेकपा एमालेका सांसद गंगा चौधरीले बलात्कारसम्बन्धी मुद्दाको हदम्याद हटाउन नहुने बताएकी छिन् । हदम्याद नभए मुद्धाको चाङ लाग्ने भन्दै उनले पीडितले न्याय नपाउने दाबीसमेत गरिन् ।

सांसद चौधरीले महिलामात्र पीडित हुन्छन् भन्ने प्रवृति बढेको बताउँदै त्यो भन्दा बढी पुरुषहरु पीडित भएको आफ्नै आँखाले देखेको पनि बताएकी छिन् ।

अभिनेता पल शाह र पूर्वसभामुख कृष्णबहादुर महराको उदाहारण दिँदै उनले भनिन्, ‘जबसम्म मन मिल्छ तबसम्म त्यसलाई प्रेमको संज्ञा दिने र स्वार्थ पूरा नभए बलात्कार भन्ने गरेका घटनाहरु हाम्रो अगाडि नै छन् । यसअघिका सभामुखज्यू त्यसकै कारण छ महिला जेल बस्नुभयो छ । त्यसैले म भन्छु हदम्याद ठिक छ ।‘

टिप्पणीहरू