सरकारद्वारा नेपाल एअरलाइन्सका एमडी डिमप्रसाद पौडेल बर्खास्त

सरकारद्वारा नेपाल एअरलाइन्सका एमडी डिमप्रसाद पौडेल बर्खास्त

सरकारले नेपाल वायुसेवा निगमका प्रबन्ध निर्देशक (एमडी) डिमप्रसाद पौडेललाई हटाएको छ । भर्खर सकिएको क्याबिनेट बैठकले उक्त निर्णय गरेको हो ।

संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पौडेललाई गत चैतमा स्पष्टिकरण सोधेको थियो । पौडेललाई स्पष्टिकरण सोध्न क्याबिनेट बैठकले मन्त्रालयलाई त्यसअघि नै अख्तियारी दिएको थियो ।

पौडेलविरुद्ध निगमका अधिकांश कर्मचारी सडकमा उत्रेर ८ महिनादेखि प्रवेश निषेध गरेका थिए ।

टिप्पणीहरू