अमरेशकुमारको फेरि खुमलटारमा खेती
नेपाली काँग्रेसका सांसद तथा मनमोहन सिंह प्रधानमन्त्री हुँदा भारतीय संस्थापन पक्षका भित्रिया अमरेशकुमार सिंह प्रायः खुमलटार गइराख्छन् । उनी नेपालका लागि भारतीय भूतपूर्व राजदूत रञ्जित रेसँग जेठ १२ गते बिहान पनि त्यहाँ गएका थिए ।
अध्यक्ष दाहाल र रेबीच भएको वार्तामा छेउमा बसेका उनी हिजो बिहान फेरि दाहालसँग कुराकानी गर्न त्यहाँ पुगेको बताइन्छ ।
नेपाली राजनीतिमा आउने र आउनसक्ने उथलपुथलको वरिपरि प्रायः देखा पर्ने गरेका रेको पछिल्लो भ्रमण र भेटघाटले कूटनीतिक बृत्तमा हल्का चासो बढाएलगत्तै अमरेश अबको राजनीतिक समीकरणवारे सूचना बटुल्न खुमलटार धाएको अनुमान नारायणकाजी श्रेष्ठले लगाउनुभएको छ ।
स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेस सर्वाधिक स्थानमा विजयी भएको र एमाले निकै तल खुम्चिएको सन्दर्भमा भएको भारतीय पूर्वराजदूतको अघिल्लो साताको भ्रमणक दौरान केही मित्रमिलाप गराएको थियो ।
हिजो अध्यक्ष दाहालसँग सिंहले साँझ साढे ५ बजेदेखि ४५ मीनेट भेटवार्ता गरेका हुन् । कुुराकानीको विस्तृत विवरण भने सार्वजनिक भएको छैन ।
टिप्पणीहरू