भारतीय कार्यवाहक राजदूत हिजो पनि सिंहदरबारमा
भारतीय कार्यवाहक राजदूत नाम्ग्या छोदेन खम्पा हिजो पनि सिंहदरबारमा देखा पर्नुभएको छ । प्रायः सिंहदरबार पुगेर उहाँले अधिकांश मन्त्रीसङ्ग विदाइ भेट गर्ने क्रम पछिल्लो समयमा बढेको हो ।
सोही क्रममा हिजो भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवलाई मन्त्रालय पुगेर भेट्नुभयो । मन्त्री र कार्यवाहक राजदूतबीच मध्यान्ह १२ बजेदेखि १ बजेसम्म कुराकानी भएको थियो ।
आजभोलि नै नवनियुक्त राजदूत नवीन श्रीवास्तवको नेपाल आउने कार्यक्रम बनिरहेको परराष्ट्र श्रोतले बताएको छ ।
टिप्पणीहरू