एकीकृत समाजवादीको विद्यार्थी पार्टी कमिटीमा सुदेश
नेकपा (एकीकृत समाजवादी) ले विद्यार्थी विशेष जिल्ला कमिटी घोषणा गरेको छ । अनेरास्ववियूका केन्द्रीय अध्यक्ष सुदेश पराजुलीको अध्यक्षतामा ३३ सदस्यीय विद्यार्थी कमिटी बनेको हो ।
कमिटीमा अध्यक्ष पराजुलीसहित सदस्यहरु उत्तर खड्का, प्रकाश शाही,मनोज चन्द,हर्क बम,डा.निश्चल गुप्ता, मनिषा कार्की,लक्ष्मी क्षेत्री बि.सी.,अनु आँकुरा, प्रदिप थापा, देवीराम जैसी,अम्मर पुन, अञ्जलिका श्रेष्ठ,प्रविण विष्ट,ओम अधिकारी, किरण पौडेल,न्यूसन लामिछाने,सन्तोष शेर्पा,आकाश खनाल,मुकेश कुँवर, प्रकाश श्रेष्ठ,आशिष थपलिया,गौरव थापा , सुदिप घिमिरे,अविचल पाण्डे,शोभा बम ठकुरी,टुपेन्द्र प्रसाई,तर्क शाही,मनोज शाही , प्रदिप खनाल, र सरु रिजाल,नरेश न्यौपाने, सुमन पौडेलको नाम प्रस्ताव गरिएको छ ।
नेपाल कम्युनिष्ट (एकीकृत समाजवादी )र विद्यार्थीलाई संयोजन गर्ने समेतको उध्देश्यले बनेको विशेष जिल्ला कमिटीको सपथ ग्रहण कार्यक्रम यहि जेठ २५ गते पार्टी अफिस आलोकनगर तीनकुनेमा पार्टी अध्यक्ष माधवकुमार नेपालको प्रमुख अतिथ्यतामा दिनको १ बजेलाई तय गरिएको अध्यक्ष पराजुलीले बताए ।

टिप्पणीहरू